023-456134, 023-455044
dark logo banner ad

news & events

news & events

news & event image
2024-04-08
मेची वहुमुखी क्याम्पसको प्रमुखमा जीवन पोखरेल नियुक्त

भद्रपुर २४,चैत /  झापाको भद्रपुरस्थित मेची वहुमुखी क्याम्पसको प्रमुखमा जीवन पोखरेल आगामि ३ महिनाका लागि नियुक्त हुनुभएको छ। त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर केशरजंग बरालले पोखरेललाई आगामी बढीमा तीन महिनाको लागि क्याम्पस प्रमुखमा नियुक्त गर्नुभएको हो। बर्तमान क्याम्पस प्रमुख पोखरेलको कार्यकाल आजदेखि सकिदैन थियो। नयाँ क्याम्पस प्रमुख नियुक्तिका लागि क्याम्पस सञ्चालक समितिले पोख्रेलसहित शारदानन्द झा र झगप्रसाद बरालको नाम सिफारिस गरेकोमा पोखरेललाई नै ३ महिनाको लागि क्याम्पस प्रमुखको जिम्मेवारी दिएको हो। त्रिविमा  एक नम्बरमा सिफारिस गरिएका पोखरेलको म्याद ३ महिनाका लागि उपकुलपतिले थप गर्नु भएको स्रोतले बताएको छ।

© Copyright 2024. All Rights Reserved.
Designed and Developed by   Erasoft Solution Pvt. Ltd